skip this

जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलमा

834 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

उनीहरूले विमानस्थलको कन्ट्रोल रुममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन् । दुर्घटनाग्रस्त भएको यतिको विमानले आज बिहान १०ः३३ बजे भित्रुवन विमानस्थालबाट उडान भरेको थियो ।विमानमा चालक दलका चार सदस्य र ६८ जना यात्रु सवार थिए ।

nijgadh-supermart-adz1200-630