उच्च मनोबलका साथ काम गर्न अधिकारीहरूलाई गृहमन्त्री लामिछानेको निर्देशन
वि.सं.२०७९ माघ २ सोमवार १३:२९

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरीको नेतृत्वमा गएका अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । उनले कुनै राजनीतिक हस्तक्षेपबिना प्रदेश प्रहरीको नेतृत्वमा कार्यकुशलताका आधारमा जिम्मेवारी हेरफेर गरिएको बताएका हुन् ।
आज गृहमन्त्री लामिछानेले पुस २८ मा सातवटै प्रदेश प्रहरीको जिम्मेवारीमा सरुवा भएका डीआईजीहरूलाई गृहमन्त्रालयमा निर्देशन दिँदै कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताएका हुन् ।गृहमन्त्रीको सचिवालयका अनुसार संगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको र यो विषयमा सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नहुने स्पष्ट पारेको जानकारी दिएको छ ।
वि.सं.२०७९ माघ २ सोमवार १३:२९

















