skip this

निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ अघि बढछौँ– मनिष झा

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले बताएका छन् । उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताएका छन् ।

नेता झाले भने “पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौं । हामी सबै ठीक ठाउँमै छौँ ।” पार्टी अध्यक्ष रवि लामिछानेले समसामयिक विषयमा दिनुभएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यवद्धता र पूर्ण समर्थन रहेको उनको भनाइ छ । सासद् झाले राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको बताएका छन् ।

मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधानपालना गराउने जस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नुहुन्न भन्ने रास्वपाको मत रहेको उनले उल्लेख गरेका छन् । अनुसन्धानकर्तासमेत रहनुभएका झाले रासससँगको कुराकानीमा भने , “सात महिनाको अवधिमा जुन क्षमता, दक्षता, रणनीति लिएर राष्ट्रिय दलको भूमिकामा पुगिएको छ, अबको गन्तव्य भनेको बाचापत्रमा लेखिएका विषय सङ्गठनलाई बलियो बनाएर कार्यन्वयनमा लगिनेछ ।”

nijgadh-supermart-adz1200-630