skip this

एमालेको पत्र पछि नेकपा एसले भन्यो- ‘संवादको ढोका खुल्यो’

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर संवादको ढोका खोलेको बताएको छ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् । ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए । सो पत्र पाए पछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक संवादको ढोका खोलेका बताएका हुन् ।

nijgadh-supermart-adz1200-630