अन्यायमा परेका अपाङ्गता भएका महिलालाई कानुनी उपचार पाउन समस्या
वि.सं.२०७९ फागुन २० शनिवार ०९:०६

काठमाडौं-अपाङ्गता भएका महिलाहरू अन्यायमा पर्दा उनीहरूलाई कानुनी उपचार लिनका लागि अत्यन्तै समस्या रहेको अपाङ्गता भएका महिलाहरूले गुनासो गरेका छन् ।
न्यायलयका भौतिक संरचनाहरू अपाङ्गतामैत्री नहुँदा र अदालती प्रक्रिया एकदमै जटिल हुनुको साथै व्यवहारिक रूपमा अपाङ्गता भएका महिलाहरूलाई उनीहरूको अवस्थाको आधारमा प्राथमिकता दिने नगरी वेवास्ता गरिदिने र उनीहरूले न्याय पाउनु भन्दा पनि मुद्धा मिलाउने तिर धेरै दवाव दिने जस्ता कारणले गर्दा अपाङ्गता भएका महिलाहरू अन्यायमा पर्ने गरेको उनीहरूले बताएका छन् ।
काठमाडौं जिल्ला अदालत बार एसोसिएसन, महिला समिति, अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र श्रवण–दृष्टिविहीन अभिभावक संघको संयुक्त आयोजनामा आसन्न ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर “अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच र कानुन कार्यान्वयनमा चुनौती” विषयक राजधानिमा आयोजित “परामर्श तथा वकालत कार्यक्रम” मा सो कुरा बताएका हुन् ।
अपाङ्गता अधिकार वकालत कोष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सञ्चालित सो कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधीहरू, अपाङ्गता भएका महिलाहरू, महिला कानुनी व्यावसायीहरू र विज्ञहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय महिला आयोगका माननिय सदस्य विद्या सिंहकाे प्रमुख आतिथ्य तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसन, महिला समितिका अध्यक्ष अञ्जु रेग्मी अर्यालकाे अध्यक्षतामा कार्यक्रम भएको हाे ।

कार्यक्रममा अपाङ्गता भएका महिलाहरूले झेलिरहेको कानुनी समस्या तथा अपाङ्गताका बारेमा अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपालका अध्यक्ष निर्मला धितालले जानकारीमूलक पेपर प्रस्तुत गरेकी थिईन ।
अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपालका महासचिव रमा ढकालले सहजिकरण गर्नुभएको सो कार्यक्रममा सहभागीहरू तथा वत्ताहरूले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पु¥याउनका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा आवश्यक परेमा निःशुल्क रूपमा सेवा प्रदान गर्ने बताएका छन् ।
वि.सं.२०७९ फागुन २० शनिवार ०९:०६

















