skip this

युद्धको जगमा भएको आन्दोलनले अहिले हामी संसदमा छौं –रेखा शर्मा

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संक्रमणकालीन विषय तत्काल टुंग्याउनुपर्छ भन्ने सरकारको धारणा भएको सञ्चारमन्त्री रेखा शर्माले बताएकी छिन्।आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथि उठेका प्रश्नको जवाफ दिँदै उनले युद्धले भएको परिवर्तनका कारण अहिले आफू संसदमा भएको बताएकी छन् ।

नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु नेपालको साझा विषय भएको उनको भनाइ थियो।ुशान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनु भनेको कुनै एक पार्टीको विषय होइन। हामी सबैको चासो र चिन्ताको विषय हो,ु उनले भनिन्। उनले विस्तृत शान्ति सम्झौतामा गरेका प्रतिवद्धतामा सामान्य छलफल गरेर विधेयक प्रस्तुत गरिएको बताएकी छन् ।

nijgadh-supermart-adz1200-630