skip this

विराटनगरमा प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र, अश्रुग्यास प्रहार

804 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । विराटनगरमा भएको प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेका छन् । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर प्रदर्शनकारीले निषेधित क्षेत्रमा प्रवेश गरेका हुन त्यसक्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो । कोशी प्रदेशको नाम पुनस् नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले एमालेको विरुद्धमा पनि नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

nijgadh-supermart-adz1200-630