skip this

स्ववियु निर्वाचनः महाराजगञ्ज नर्सिङ क्याम्पसको सभापतिमा बस्नेत र पिकेमा पनेरु निर्वाचित

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सभापतिको उम्मेदवार बनेकी नोबिना बस्नेत विजयी भएकी छिन् । उनले २१७ मत पाएकी छन् ।

उनका प्रतिस्पर्धी नेविसंघीकी धनुष विश्वकर्माले १३३ मत प्राएत गरेकी छन् । सचिवमा अनेरास्ववियुकै सजिना पन्थ, कोषाध्यक्षमा आयूसमा राय वियजी भएका छन् । त्यस्तै सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएका छन् । कुल ३६९ मतदाता रहेको महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३५१ मत खसेको थियो ।

त्यस्तै पद्यकन्या क्याम्पस ९पिके०को स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योती पनेरु विजयी भएकी छिन् । पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

सचिवमा भुपेश्वरी ऐर र कोषाध्यक्ष पनि श्रेया मैनाली विजयी भएकी छन् । उनीहरु पनि नेविसंघबाटै निर्वाचित भएका हुन् । सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।

nijgadh-supermart-adz1200-630