skip this

दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै सकेन–वामदेव गौतम

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काडमाडौं । दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने राष्ट्रिय सभा सदस्य वामदेव गौतमलेबताएका छन् । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताएका हुन् । उनले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभएपनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको उल्लेख गरेका छन् ।

सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको बताएका छन् । संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेकोउनको भनाई छ । उनले दलित भनेर छुवाछुत गर्नेकुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताए ।

nijgadh-supermart-adz1200-630