skip this

आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया सम्पन्न

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागले आयोजना गरेकाे कार्यक्रममा सहभागी सञ्चार विज्ञ तथा पत्रकारिता अध्ययनरत विद्यार्थीले सञ्चारमाध्यका विषयवस्तुमाथि विश्वासनियता कायम राख्न र समयअनुकूल प्रविधिको प्रयोग गर्न जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताए ।
उनले सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनियतामा प्रश्न उठ्ने गरेको भन्दै प्रश्नहरुलाई स्वीकार गरी विश्वासनियता कायम राख्नुपर्नेमा जोड दिए । हिजको पत्रकारिता अभ्यासका आधारमा गरिदै आएको भन्दै आज पत्रकारिताका लागि अध्ययन र प्रविधियुक्त रहेकाले पत्रकारिता पेशामा अवसर र चुनौति दुबै रहेको अध्यक्ष पोखरेलले बताए ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति डा.सुरेश आचार्यले पत्रकारिताले क्षेत्र पेशागत सिद्धान्तबाट विमुख हुदाँ अन्य माध्यमहरु हाबी हुन थालेको बताए । प्रेस स्वतन्त्रताको उपभोगसंग जोडिएको विषयमा निरन्तर बहस र छलफल हुनुपर्नेमा जोड दिदै डा.आचार्यले सञ्चारमाध्यमका विषयजस्तु सामाजिक न्यायका लागि केन्द्रित हुनुपर्नेमा जोड दिए ।

महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले आजको पत्रकारितामा विभिन्न चुनौति थपिएको बताए । पत्रकारितामा कमी–कमजोरीहरु रहेको भन्दै आजको पत्रकारितालाई सच्याउन सकिएन अवको पत्रकारिता नसच्चिने समेत बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले मुलधारको पत्रकारितामा कमी कमजोरी रहेको बताए । उनले मुलधारका सञ्चारमाध्यमले सामाजिक न्यायका विषयबस्तुलाई कम स्थान दिने गरेको बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताए । उनले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले सञ्चार क्षेत्रका विकृती विसंगती अन्त्यका लागि सञ्चार साक्षरता अभियान चलाउनुपर्ने बताईन् । उनले पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक नदिने सञ्चारमाध्मलाई कारबाही गर्नुपर्नेमा जोड दिईन।

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले विगतको पत्रकारिताको तुलनामा आजको पत्रकारिता माध्यमका रुपमा मात्रै फरक रहेको बताए ।

नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागका संयोजक शन्तराम बिडारीले सञ्चारक्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले पछिल्ला दिनमा पत्रकार तथा सञ्चारक्षेत्रप्रति प्रश्न उठ्न थालेको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले आत्मालोचना गर्दै सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनियतामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा पत्रकारिता अध्ययनरत विद्यार्थी तथा पत्रकार साथै सरोकारवालाहरुले आफ्नो अनुभव, प्रश्न र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, ज्ञानप्रसाद पौडेल, नविन रिजाल, प्रकाश धौलाकोटी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण महासंघका केन्द्रीय सदस्य सुभाष प्रसाद साहले गरेका थिए ।

nijgadh-supermart-adz1200-630