एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहने
वि.सं.२०८० साउन २ मंगलवार ०९:२१
807
shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक जारी छ ।गत शुक्रबार देखी जारी भएको केन्द्रिय सचिवालय बैठक आज पनि बस्न लागेको हो । सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार आजको बैठक बिहान ९ बजे देखी सुरु हुनेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।
समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा.विजय पौडेल र डा.गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।आजको बैठक अन्य नेताहरुले धारणा राख्ने छन् ।
वि.सं.२०८० साउन २ मंगलवार ०९:२१

















