सँगालो साकोसको नाफा ५५ लाख २५ हजार रुपैँया
वि.सं.२०८० भदौ १० आइतवार १६:५३

बारा–बाराको जीतपुरसिमरास्थित सँगालो बचत तथा ऋण सहकारी संस्था सिमराले आर्थिक वर्ष २०७९/८० मा ५५ लाख २५ हजार रुपैँया नाफा आर्जन गरेको छ ।
संस्थाको १२ औं वार्षिक सधारणसभा बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सतेन्द्र ठाकुरले शनिवार उद्घाटन गरेका थिए ।
साधारण सभा उद्घाटन गर्दै अध्यक्ष ठाकुरले सहकारीहरु समुदाय मैत्री हुनुपर्ने बताएका छन् । उनले सहकारीहरु समाजबाट स्थापना र समाजका सदस्यहरुद्धारा सञ्चालन हुने भएकाले यो समुदायको विकासमा अनिवार्य रुपमा काम गर्नुपर्ने धारणा राखे ।

संस्थाले फजुल खर्चमा गरेको कटौतीको प्रसंसा गर्दै अगामी दिनमा पनि प्रयोग हुने र अति साधारण सभाको उद्घाटन आवश्यक बस्तु मात्र खरिद गर्न अनुरोध गरे ।
वि.स. २०६९ साल जेठ १४ गते २६ जना सदस्यहरु मिलेर स्थापना भएको संस्थामा हालमा ३ सय ६६ जना शेयर सदस्यहरु रहेका छन् । कुल चुक्ता पुँजी १ करोड ९० लाख भन्दा बढी रहेको छ ।
सँगालो बचत तथा ऋण सहकारी संस्थाले करिब ११ करोड ६५ लाखको सम्पत्ती निर्माण गर्न सफल भएको संस्थाका अध्यक्ष सालिकराम अधिकारीले जानकारी दिए ।
सँगालो बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष निराजन थापाले संस्थाको कोषहरुको अवस्था र आर्थिक स्थितिको विषयमा प्रकाश पारे ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्की, जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी शाखा अधिकृत सुधन चौधरी, राष्ट्रिय सहकारी बैक सिमरा शाखा प्रमुख सुरेश लागे लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य नेत्र प्रसाद दाहालले राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रत्न उप्रेतीले गरेका थिए ।
वि.सं.२०८० भदौ १० आइतवार १६:५३
















