skip this farak Kura Pravakar

कलैयामा माओवादीको एक घर एक अमलाको विरुवा रोप्ने अभियान शुरु

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–तीन महिना रुपान्तरण अभियान अन्तरगत नेकपा (माओवादी केन्द्र) कलैया उपमहानगरपालिका नगर कमिटिले वृक्षारोपण कार्यक्रम शुरुवात गरेको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य प्रल्हाद बुढाथोकीले कलैया गा“उका बोधे साहलाई अमलाको बोट प्रदान गरेर अभियानको शुरुवात गरेका हुन् ।

पहिलो चरणमा कलैया उपमहानगरपालिकाका २७ वटै वडामा सो अमलाको बिरुवा एक घर एक बिरुवा रोप्ने अभियान अन्तरगत कार्यक्रमको शुरुवात गरिएको हो ।

अभियानको पहिलो दिन कलैया उपहानगरपालिका वडा नम्बर १ मा तीन सय अमलाको बिरुवा पदान गरिएको नगर कमिटिका अध्यक्ष मुकेश साहले जानकारी दिए । यो अभियानलाई निर्वाचन क्षेत्र नम्बर ३ को सम्पुर्ण वडामा लाने कार्यक्रम रहेको अध्यक्ष साहले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य बुढाथोकीले वृक्षरोपनले मानवको स्वास्थ्यमा निकै फाईदा हुनुको साथसाथै अमलाले त अझै औषधीको काम गर्ने हु“दा यो अभियान निकै फलदायी हुने कुरामा जोड दिएका हुन् ।

एकातिर नगरलाई हराभरा बनाउनेमा सहयोग गर्दछ भने बिरुवा फलेपछि अर्थतन्त्रमा पनि केहि सुधार यसले अवश्य नै ल्याउने हु“दा यस अभियानलाई अन्य सबैले सार्थक र परिमाणमुखी बनाउनमा सहयोग गरिनुपर्ने धारणा व्यक्त गरे ।

nijgadh-supermart-adz1200-630