skip this farak Kura Pravakar

महागढीमाईमा उपप्रमुखलाई कार्यबाहक पाउँदा बधाईको आईरो !

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देबि कानुलाई सामाजिक सञ्जालमा बधाईको ओईरो छ ।

उनले पाएको बधाई उनले कुनै उत्कृष्ठ वा नमुना काम गरेको होईन की उनले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका कारण बधाई थापिरहेकी छिन् ।

प्रमुखको अनुपस्थितिमा स्वभाविक रुपमा उपप्रमुखले कार्यबाहक पाउनु अस्वभाविक होईन् ।

तर, प्रमुख र उपप्रमुखको मनमुटाबको कारण कार्यबाहक नतोक्ने तोक्न परे वडा अध्यक्षलाई तोक्ने प्रवृति मौलाएको बेलामा यहा“ नियम अनुसार नै भएको छ ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादव आफू कार्य ब्यस्तताले बाहिर जानुपर्ने भएपछि उपप्रमुख कानुलाई कार्यबाहकको जिम्मेवारी दिएका छन् ।

कार्यबाहकको जिम्मेवारी पाएपछि उच्च मनोबलका साथ काम गर्न बधाई दिईएको छ ।

यहाँ प्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उनीहरु दुवै दोहोरिएर विजयी भएका हुन् ।

nijgadh-supermart-adz1200-630