भण्डारणबाट सल्किएको आगोले जीतपुरको नेपोभिट टायल उद्योगमा करोडौको क्षति
वि.सं.२०८० मंसिर १७ आइतवार २०:०९

बारा–बाराको जीतपुरसिमरा ८ रमौलीस्थित नेपाल सेरामिक ईण्डष्ट्रिजमा आइतबार आगलागी भएको छ ।
उद्योगको टायल भण्डारण क्षेत्रबाट दिउँसो करिब ३ः३० बजेदेखि आगो आगो सल्किएको हो । त्यहाँबाट आगो उद्योगको अन्य स्थानमा फैलिएको थियो ।

आगो नियन्त्रणका लागि जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका, वीरगन्जस्थित नेपाल प्रहरीको दमकल आईपुगेको थियो ।
दमकलसंगै आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र उद्योगका मजदुर खटिएका थिए ।
करोडौंको क्षति
नेपाभिट ब्राण्डको टायल उत्पादन गर्दै आएको उद्योगमा भएको आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको उद्योगका संचालक शम्भुनाथ झाका सहयोगीले जानकारी दिएका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण पुष्टि हुन बाँकी रहेपनि कराडौं मूल्य पर्ने मेसिन, उत्पादन गरेर राखिएका टायल र उद्योगको संरचनामा क्षति पुगेको छ ।
दुःख व्यक्त
आगलागीको घटना थाहा भएपछि जीतपुरसिमराका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, प्रशासकीय प्रमुख शिवजी प्रसाद, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, वडा नं ८ को वडाध्यक्ष शिवशंकर महतो लगायत उद्योग परिषरमा पुगेका थिए ।
उनीहरुले आगलागीको घटनाले उद्योगमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
वि.सं.२०८० मंसिर १७ आइतवार २०:०९

















