जीतपुरसिमरा–२३ भलहीस्थित एरोटेक प्रा.लि.ले कुलो मिचेर पर्खाल बनाएको उजुरी ! उपमहानगरले पत्र काटेर रोक्यो निर्माण
स्विकृत नलिई बनाए भत्काईने
वि.सं.२०८० पुस ११ बुधवार २२:३५

बारा–बाराको जीतपुरसिमरा–२३ भलहीस्थित एरोटेक प्रा.लि. ले बनाउँदै गरेको पर्खाल विवादमा परेको छ ।
सार्वजनिक कुलो मिचेर पक्की पर्खाल बनाएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् भने जीतपुरसिमरा उपमहानगरले पत्र काटेको छ ।

सार्वजनिक कुलो मासेर पर्खाल बनाएको, नापनक्सा नगरेको र स्वीकृत समेत नलिएको उजुरी परेपछि उपमहानगरपालिकाले उद्योगलाई पत्रचार गरेर सबुत प्रमाण लिई उपस्थित हुन भनेको छ ।
सिलिन्डर बनाउने उद्योगले पूर्व–उत्तरतर्फ पर्खाल बनाउँदै छ । यसअघि पनि कुलो मिचेर भवनहरु पनि बनाएको पाएपछि काम रोकेको पूर्व वडा अध्यक्ष अस्लम अन्सारी बताउँछन् । उनले उद्योगले विगतमा प्रयास असफल भएपछि अहिले वडाका जनप्रतिनिधिलाई प्रभावित पारेर निर्माण कार्य अघि बढाएको आरोप लगाए ।
यता वडा अध्यक्ष मुस्तकी अन्सारीले उद्योगसँग मिलेमत्तो गरेर कुलो निर्माण गर्न दिएको आरोप अस्विकार गर्छन । उनले आफुमाथि लागेको आरोप झुटो भएको बताए ।
उनले उनले पर्खाल निर्माणका लागि वडामा स्विकृतका लागि निवेदन दिएको छ । तर स्विकृत दिन बाँकी रहेको अवस्थामा निर्माण कार्य अघि बढाईएको बताए ।
उनले पर्खाल लगाउँदा नम्बरी जमिन बनेको दाबी गरे । उनका अनुसार ८ फिटको कुलो कायमै राखेर पर्खाल सिधा गरि बनाउने क्रममा २/३ फिट च्यापेको र ८/१० फिट छाडेर अवस्था रहेको प्रष्ट पारे ।
स्विकृत नलिई बनाए भत्काईने
भवन निर्माण कार्य स्विकृति नलिई बनाईए भत्काउने अधिकार स्थानीय तहलाई छ । स्थानीय सरकार सचालन एन २०७४ बमोजिम नगर प्रमुखको आदेशमा संरचना भत्काउन सक्ने व्यवस्था अनुुसार तत्काललाई निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।
पर्खालको नक्सा पास रहेको/नरहेको, सार्वजनिक कुलो सम्वन्धि आधारभूत मापदण्ड पालाना गरेको/नगरेको सबुत प्रमाण लिई यो चिठी प्राप्त भएको सात दिन भित्र यस कार्यालय मा उपस्थित हुन् अनुरोध गरेको छ । अन्यथा आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने भवन अनुमति तथा नियमन शाखा प्रमुख इन्जिनियर अभय कान्त झाले पत्रमार्फत जनाएका छन् ।
यस्तो छ कानूनी व्यवस्था







वि.सं.२०८० पुस ११ बुधवार २२:३५
















