skip this farak Kura Pravakar

जिल्ला खेलकुद विकास समिति बाराको कार्यालय प्रमुखमा निजगढका हेमलाल श्रेष्ठ नियुक्त

5.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जिल्ला खेलकुद विकास समिति बाराको कार्यालय प्रमुखमा हेमलाल श्रेष्ठ नियुक्त भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १६ माघ २०८० को निर्णयानुसार श्रेष्ठ कार्यालय प्रमुख नियुक्त भएका हुन् ।

तेक्वान्दो प्रशिक्षक (अधिकृत तृतीय प्राविधिक) श्रेष्ठले मंगलबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कार्यक्रममा मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सदस्य मुक्ति यादव, जिल्ला कोषाध्यक्ष अनु बस्नेत, समितिका निमित्त प्रमुख हरिशंकर चौधरी, कर्मचारी तथा प्रशिक्षकहरु बम्हदेव प्रसाद यादव, महम्द कलाम अन्सारी, जितसिंह लामा, सुनिल कुमार साह, बृजमोेहन साह, क्यामुदिन मंसुर, सन्तोष श्रेष्ठ लगायत खेलप्रेमी विनोद तुलाधर समेतको सहभागि भएका थिए ।

को हुन् हेमलाल ?

वि.स. २०५२ भदौंमा नायव शुब्बा पाँचौ तहबाट करार सेवामा जागिरे जीवन सुरु गरेका श्रेष्ठ एनएस टेनिङ पश्चात वि.स. २०६१ असोजमा स्थायी भएका थिए ।

वि.स. २०८० असोजमा अधिकृत तेस्रो श्रेणीमा बढुवा भएका श्रेष्ठलाई राखेपले कार्यालय प्रमुख नियुक्त गरेको हो ।

तेक्वान्दो प्रशिक्षकका रुपमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा पुगेका छन् । उनले सन् २००९ मा कोरिया, २०१६ मा क्यानडा, २०१८ मा जापान र मलेसिया र २०२३ मा भेतनाममा पुगेका थिए ।

nijgadh-supermart-adz1200-630