skip this

जीतपुरसिमरामा हाकिम प्रकरणको ‘च्याप्टर क्लोज’ ! नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

2.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ७ महिनादेखि चलिरहेको हाकिम सरुवा र नयाँ हाकिम हाजिरी रोक्ने दुवै रेश रोकिएको छ । पुरानो प्रमुख प्रशासकीय अधिकृतले रमाना लिईन् भने नयाँ प्रमुखको पदस्थापना भएसँगै हाकिम प्रकरणको ‘च्याप्टर क्लोज’ भएको छ ।

१० महिनाअघि जीतपुरसिमरामा हाजिर भएकी उर्मिला काफ्लेलाई हटाउन ७ महिनादेखि जारी प्रयासले सार्थकता पाएको छ भने अदालतमा विचाराधिन मुद्दा किनारा नलागेसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नदिने चट्टानी अडानमा मेयर राजन पौडेल कायम रहे ।

नगर सभाको विषयमा मेयर र प्रमुख प्रशासकीय अधिकृतको नामनै किटेर पारेको मुद्दामा ‘न्याय’ पाएसँगै काफ्ले यहाँबाट रमाना लिएर बेपत्ता छानविन आयोगमा हाजिर हुन गएकी छिन् । यसअघि उनलाई पटक–पटक सरुवा गरेपनि त्यसविरुद्ध अदालतसम्म पुगेकी थिईन् ।

प्रसाइले पाए न्यानो स्वागत

नयाँ प्रमुख प्रशासकीय अधिकृत शान्ती राज प्रसाईले जीतपुरसिमरा उपमहानगरपालिकामा न्यानो स्वागत पाएका छन् ।

उनलाई मेयर पौडेल, उपमेयर भोलाप्रसाद अधिकारी, वडा अध्यक्षसहितका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका छन् । मेयर पौडेलले मुस्कानसहित गलामा खादा र हातमा डटपेन डाईरीसहित स्वागत गरेका हुन ।

काफ्लेलाई सरुवा गर्दै जीतपुर आउन लागेका चेतकुमार पोखरेललाई हाजिर नगर्ने भन्दै मन्त्र ालयलाई नै पत्र लेखेका थिए भने सहसचिव वीरेन्द्र भारतीलाई हाजिर गराउन नसकिने भन्दै सिमरामा सौहार्द रुपमा भेटघाट गरेर फर्काएका थिए ।

जीतपुरसिमराकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको ‘ह्याट्रिक’ सरुवा ! अछामबाट आयोगमा

nijgadh-supermart-adz1200-630