skip this farak Kura Pravakar

निजगढ ६ का विपन्न विद्यार्थीले पाए वडा कार्यालयबाट शैक्षिक सामग्री

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिका वडा नम्बर ६ कार्यालय बाराले विद्यार्थीहरुलाई वडा भित्रका विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

वडा कार्यालयले बुधबार पढ्नमा विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पोशाक, कापी लगायत शैक्षिक सामग्री प्रदान गरेको हो ।

वडाका ४ जना विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा सदस्य मिना सुनार, आशा श्रेष्ठ र वडा सचिव सुजित कर्ण लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630