श्री सरस्वती आधारभूत विद्यालय कोलगाँउमा सोमबहादुर कार्की (रवि) प्रधानाध्यापक नियुक्त
वि.सं.२०८२ असोज २७ सोमवार १८:३९

बारा–बाराको निजगढ नगरपालिका–१२ कोलगाँउस्थित श्री सरस्वती आधारभूत विद्यालयमा सोमबहादुर कार्की (रवि) नयाँ प्रधानाध्यापकका रूपमा नियुक्त भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार कार्कीले सोमबारदेखि आफ्नो पदभार सम्हालेका हुन् ।
नवनियुक्त प्रधानाध्यापक कार्कीलाई व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण थिङ्ग र निवर्तमान निमित्त प्रधानाध्यापक बुनाकुमारी राउत लगायतले स्वागत गरेका थिए ।
कार्की यसअघि निजगढ–४ स्थित जनकल्याण आधारभूत विद्यालयमा सहायक प्रधानाध्यापकका रुपमा कार्यरत थिए । उनी त्यहाँबाट हालै सरस्वतीमा सरुवा भएका थिए ।
नव नियुक्त प्रधानाध्यापक कार्कीले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थी–अभिभावकबीचको समन्वय सुदृढीकरण र विद्यालयको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय शिक्षक, अभिभावक र विद्यार्थीहरूले कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकाल सफल तथा परिणाममुखी होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
वि.सं.२०८२ असोज २७ सोमवार १८:३९
















