skip this farak Kura Pravakar

प्रदेश १ : गोला प्रथाबाट कांग्रेसका गोपाल बस्नेत विजयी

915 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत प्रदेश १ मा बाट नेपाली कांग्रेसका नेता गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचनमा ५ दलीय गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार बस्नेत र एमाले उम्मेदवार गुरु बरालको बराबर मत आएको थियो ।

दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएका थिए । मत बराबर आएपछि विजेता छान्न गोलाप्रथा गरिएको थियो ।

गोलप्रथाबाट गठबन्धनका उम्मेदवार बस्नेत राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन् ।

https://faraknepal.com/9423

nijgadh-supermart-adz1200-630