skip this

आज प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । उनीहरुबीच आज दिउँसो भेट हुने तय भएको ओलीको सचिवालयले जनाएको छ ।

भेटवार्ता राष्ट्रपति चुनाव र उम्मेदवार, मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक लगायतका विषयमा केन्द्रित हुनेछ । नेकपा माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ । एमालेले भने यसअघि माओवादीसँग भएको सहमति अनुसार आफ्नो पार्टीबाटै राष्ट्रपतिको उम्मेदवार बनाउने दाबी गर्दै आएको छ ।

nijgadh-supermart-adz1200-630