skip this

पार्टीमा रहेका जो कोही पनि अनुशासनको दायरामा बस्नैपर्छ –शेखर कोइराला

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पार्टीमा रहेका जो कोही पनि अनुशासनको दायरामा बस्नु पर्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन् । उनले अराजक र एकलौटी तवरले पार्टीका भ्रातृ संगठनहरुलाई चलाउन नदिने जिकिर गरेका छन् । आज नेपाल विद्यार्थी संघ संस्थापक पक्षबाट घाइते बनाइएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेट्न पुगेका नेता कोइरालाले स्टार हस्पिटल सानेपामा उपचार गराइरहेका रिमालको स्वास्थ्य लाभको कामना गर्दै आफ्नै संगठन भित्र मारपिट हुनु दुःखद कुरा भएको बताएका छन् ।

नेविसंघका दुई समूहबीच झडप हुँदै पूर्व कोषाध्यक्ष रिमाल, नेविसंघका नेता हरि आचार्यलाई घाइते भएका थिए । उनले संगठनभित्र अराजकता बढेको र मारपिटका दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । नेता कोइरालाले गुण्डागर्दी गर्ने छुट कसैलाई पनि नभएको उल्लेख गरेका छन् ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोइरालाले आफू निकट विद्यार्थी नेताहरुलाई रत्तिभर पनि निराश नहुन र उच्च मनोबलका साथ स्ववियुको तयारीमा लाग्न निर्देशन समेत दिएका छन् ।

nijgadh-supermart-adz1200-630