आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना
वि.सं.२०७९ असोज १२ बुधवार ०७:४०
1.32K
shares

काठमाडौं । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना छ ।राति प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।
बिहीबार प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।शुक्रबार प्रदेश १, मधेश र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७९ असोज १२ बुधवार ०७:४०

















