skip this

ललितपुर महानगरमा कांग्रेसका चिरिबाबुको फराकिलो अग्रता

3.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो पटक १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी मन्जली शाक्य ३ हजार ८०० मतसहित अगाडि छन् । माओवादीबाट उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले २ हजार ३२६ मत मात्र पाएका छन् । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ ।

 

 

 

nijgadh-supermart-adz1200-630