skip this

कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्ने–प्रकाशशरण महत

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत नदिने नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले २६ गते प्रचण्डलाई विश्वासको मत नदिने बताएका हुन्।

प्रवक्ता महतले कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्ने बताए। सानो पार्टीको बागडोरमा रहनुपर्ने निर्वाचन प्रणालीलाई आफूहरुले बहसको विषय बनाउने बताएका छन् । उनले हालको अवस्थामा ‘सेट ब्याक’ भएजस्तो भएपनि आफूहरु अवसर निर्माण गर्न तर्फ लाग्ने उनले बातए। केन्द्रीय समितिमा कांग्रेस गठबन्धन कायम किन भएन भन्नेबारेमा बृहत् समीक्षा हुने प्रवक्ता महतले बताएका छन् ।

प्रवक्ता महतले भ्रातृ संगठन केन्द्रीय समितिलगत्तै पूर्ण गर्न सभापति देउवाले भनिसकेको जानकारी दिएका छन्। उनले आफूहरु सशक्त प्रतिपक्षको भूमिकामा हुने भन्दै तोडफोडमा नउत्रने जिकिर गरेका छन् । ठूलो दल भएकोले आफूहरुको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

nijgadh-supermart-adz1200-630