skip this

पोखरीमा डुबेर एक बालकको मृत्युु

2.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी । पोखरीमा डुबेर सप्तरीमा एक बालकको मृत्युु भएको छ । मृत्यु हुनेमा जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ सिमराहा बस्ने ८ वर्षीय देवराज यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ स्थित आफ्नै मामा घर नजिकै रहेको पोखरीमा आइतबार दिउँसो नुहाउने क्रममा डुबेर घाइते भएका थिए ।

घाइते पश्चात् बालकलाई गजेन्द्र नारायण सिहं अस्पताल राजबिराज सप्तरीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । शवको पोष्ट मार्टम पछी कार्य पछी परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630