राष्ट्रपति पदको निर्वाचनको विषयलाई लिएर गठबन्धनमा मतभेद सुरु भयो –माधवकुमार नेपाल
वि.सं.२०७९ फागुन ३ बुधवार १०:१०
762
shares

काठमाडौं। वर्तमान सत्ता गठबन्धनमा खटपट सुरु भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पदको निर्वाचनको विषयलाई लिएर मतभेद सुरु भएको उल्लेख गरेका छन् ।
उनले राष्ट्रपतिको चुनावमा वर्तमान सत्ता गठबन्धनकै बीचमा राष्ट्रिय सहमतिको विषयलाई लिएर खटपट समेत सुरु भएको बताएका छन् । उनले सहमति नभएसम्म राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले उमेदवारी नदिने स्पष्ट पारेका छन् ।
वि.सं.२०७९ फागुन ३ बुधवार १०:१०

















