skip this farak Kura Pravakar

निर्वाचन आयोगले १८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गर्दै

981 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो ।

मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ ।एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् ।आयोगले स्वयंसेवक छनोट गरिसकेको छ ।

nijgadh-supermart-adz1200-630