उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वोच्च अदालत जाँदै तोसिमा कार्की
वि.सं.२०७९ कात्तिक १४ सोमवार १०:०४
1.67K
shares

काठमाडौं। उम्मेदवारी खारेजीमा परेकी डा.तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार १०:०४
















