सबैले राज्यको आर्थिक क्षेत्रलाई साझा दायित्व मानेर काम गर्नुपर्छ –गृहमन्त्री खाँण
वि.सं.२०७९ पुस ७ बिहीवार १६:३७

काठमाडौ । नयाँ सरकारको पहिलो प्राथमिकता देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्ने गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणले बताएका छन् ।
आजदेखि बुटवलमा शुरू भएको औद्योगिक प्रदर्शनीमा बोल्दै देशमा देखिएको आर्थिक मन्दीका कारण मुलुक अप्ठ्यारोमा परेको भन्दै उद्योगी–व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकारले हातेमालो गरेर जानुपर्ने बताएका छन् ।
निजी क्षेत्रलाई हौसला प्रदान गर्ने गरी अगाडि बढ्नुपर्ने गृहमन्त्री खाँणको भनाई छ । गृहमन्त्री खाँणले बैंकको बढिरहेको व्याजदरमा सरकारले नीतिगत हस्तक्षेप गर्ने बताएका छन् । उनले सरकार र निजी क्षेत्रले राज्यको आर्थिक क्षेत्रलाई साझा दायित्व मानेर काम गर्नुपर्ने बताउँदै त्यसका लागि सरकार साथमा रहेको बताए का छन्।
गृहमन्त्री खाँणले कोरोना महामारीले आर्थिक क्षेत्रमा गम्भीर असर पारेको बताउँदै उनले औद्योगिक क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको बताएका छन् । कोरोनाको नियन्त्रण र व्यवस्थापन भए पनि पूर्ण रूपमा समाप्त नभएको उनको भनाई छ ।
वि.सं.२०७९ पुस ७ बिहीवार १६:३७

















