नक्कली शरणार्थी प्रकरण : अभियोग पत्र अदालत लगियो
वि.सं.२०८० जेठ १० बुधवार १६:३४
1.12K
shares

काठमाडाैं-जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेकाविरुद्ध अदालतमा अभियोजन दर्ता गर्न लगेको छ ।
कार्यालयले अभियोग पत्र काठमाडौँ जिल्ला अदालत लगिएको सरकारी वकिलको कार्यालयका प्रवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए ।
अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरेको हो ।
वि.सं.२०८० जेठ १० बुधवार १६:३४

















