skip this bagdve 29 th

विश्व मुटु दिवसमा सिमरामा वॉक ए थन (फाेटाेफिचर)

930 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (सिमरा) : विश्व मुटु दिवसको अवसरमा नारायणी वयोधा अस्पताल वीरगञ्जको आयोजनामा बाराकाे सिमरामा जनचेतनामूलक र्याली निकालिएको छ ।
सिमरा चोकदेखी टेलिकम चोक र एयरपोर्ट रोड हुदै पुनः सिमरा चोकमा आएर समापन गरिएको थियो।
विश्व मुटु दिवसलाई मध्यनजर गर्दै यस अस्पतालले असोज ६ गते देखी १३ गते सम्म विभिन्न ठाउँमा सचेतना मुलक कार्यक्रम “स्वस्थ मुटु सशक्त जीवन”  मूल नारा सहित वॉक ए थन कार्यक्रम गरी मनाउने अस्पतालका बजार प्रतिनिधि कृष्ण साहले जानकारी दिए ।
अस्पतालका मुटु रोग विशेषज्ञ डा. राधा भट्टराईको अध्यक्षतामा भएकाे कार्यक्रममा अनेरास्ववियू (क्रन्तिकारी) का जितपुरसिमरा उपमहानगरपालिका अध्यक्ष दीपेन्द्र यादव (दीपेन), रवि श्रेष्ठ, जुना घिमिरे, श्यामसुन्दर पासवान, रितिका अधिकारी, शशिकान्त चौधरी, अस्पतालका स्वास्थकर्मी, स्थानीय युवा तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो। सहभागीले सन्देशमुलक प्लेकार्ड हातमा बाेकेका थिए ।
मुटु राेगकाे जाेखिम बढ्दाे
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा कुल जनसंख्याको ८० प्रतिशत र नेपालमा गरिएको अध्ययन अनुसार दुई तिहाई नेपालीहरु मुटुको रोग, मधुमेह, मृगौलाको रोग क्यान्सर लगायतका नसर्ने रोगको जोखिमबाट ग्रसित छन ।
नसर्ने रोगहरुबाट उत्पन्न हुने स्वास्थ्य जटिलता र कुल मृत्युदरमा मुटुरोग प्रमुख कारक तत्व रहेको विश्वभरिका अनुसन्धानहरुले देखाएका छन् ।
मुटुरोगबाट जोगिने प्रमुख उपायहरुमा स्वस्थ्यकर जीवनशैली सन्तुलित भोजन, प्रशस्त शारीरिक व्ययाम, धुम्रपान र मध्यपान सेवन नगर्ने, दैनिक पाँच ग्राम भन्दा धेरै नुन सेवन नगर्ने र नियमित रक्तचाप चेकअप आदि पर्दछन् ।
देशव्यापी गरिने यस प्रकारका जनस्वास्थ्य सम्बन्धी राष्ट्रिय अभियानलाई राज्यले देशको स्वास्थ्य प्रणालीमा समाहित गर्दै दीर्घकालीन रुपमा सरकारले नेतृत्व लिनु पर्ने सहभागीले बताएका छन्।
विभिन्न अनुसन्धानबाट प्राप्त नतिजालाई मुटुरोगको नियन्त्रणको लागि निर्माण गरिने स्वास्थ्य नीतिको प्रमाणको रुपमा उपयोग गरिनु पर्नेमा जाेड दिएका छन् ।                                       हेर्नुस् तस्बिरहरु :
       

nijgadh-supermart-adz1200-630