skip this

निजगढ नगरपालिका–४ को चारघरेका अग्नी पीडितलाई रेडक्रस निजगढद्धारा राहत सामाग्री हस्तान्तरण

2.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–४ स्थित चारघरेका अग्नी पीडित हिराबहादुर तिमल्सिनाको परिवारलाई नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाले राहत सामाग्री उपलब्ध गराएको छ ।

विपत्तमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय संस्था रेडक्रसले उपलब्ध गराएको राहत प्याकेज अन्तर्गतका सामाग्री त्रिपाल, झुल, बाल्टिन, खाना पकाउने भाडाकुडा, लत्ताकपडा, कम्बलका सामाग्री निजगढ उपशाखाका सभापति रुद्रप्रसाद धितालले हस्तान्तरण गरेका हुन् ।

राहत हस्तान्तरण गर्न सभापति धितालसहित सचिव मोहन दुरुङच्याङ (डिसी) पुगेका थिए । कार्यक्रममा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मिना चौरेलको उपस्थिति रहेको थियो ।

विद्युत सर्ट भई तिमल्सिनाको घरमा विहीबार साँझ आगलागी भएको थियो । आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको छ ।

विद्युत सर्ट भएर निजगढ ४ को चारघरेमा एक घरमा आगलागी हुँदा तीन लाखको क्षति

nijgadh-supermart-adz1200-630