skip this

विगतमा भएका कमजोरीबाट सिकेर निष्पक्ष भएर अगाडि बढ्ने छु –देवराज घिमिरे

849 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सभामुखमा आफ्नो जित निश्चित रहेको नेकपा (एमाले)का सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले बताएका छन् । आज संसद सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भुमिका नभाउने बताएका छन् ।

उनले आफू नर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने बताएका छन् । उनले सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भुमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताएका छन् । प्रतिनिधि सभामा समामुखको निर्वाचन माग भोलि हुँदैछ ।एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

nijgadh-supermart-adz1200-630