skip this

कमल थापाले बालेन्द्र शाहको प्रशंसा गर्दै भने– सबैले सहयोग गरौं

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन् ।

काठमाण्डौँ महानगरपालिका भित्र बनेका अवैध घर टहर भत्काउन शाह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन् ।

‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

शाहको कार्यले तत्काल केही असुविधा भएपनि दीर्घकालमा सबैलाई फाइदन हुने उनले बताएका छन् ।

‘तत्काल केही असुविधा भएपनि यसको दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं,’ थापाले भनेका छन् ।

nijgadh-supermart-adz1200-630