skip this

काभ्रे बस दुर्घटनाः घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग प्रचण्डको आग्रह

915 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै प्रचण्डले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनाको खबरले मर्माहत भएको भन्दै उक्त बस दुर्घटनाको कारण पत्ता लगाउन र बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

प्रचण्डले दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनले बस दुर्घटनाको खबरले आफू मर्माहत भएको पनि उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630