skip this

किटिनी कलेजलाई पूर्व विद्यार्थीकाे सरसफाई सामाग्री सहयाेग

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

ललितपुर- गोदावरी ३ टौखेल स्थित किटीनी उच्च माध्यामिक विद्यालयमा एक कार्यक्रमका विच विद्यालयलाई सरसफाई सामाग्री प्रदान गरिएको छ ।

विद्यालयमा २०५५ सालकाे एसएलसी व्याचका पूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमका विच विद्यालयका प्राचार्य सरोज केसीलाई पूर्व विद्यार्थी आल्मुनीकातर्फ बाट स्थानीय समाजसेवी श्रृजना सिलवालको सहयोगमा प्राप्त झण्डै २५ हजार रुपैया बरावरको सरसफाई सामाग्री सुरज घिमिरेले हस्तान्तरण गरेका हुन् ।


विद्यालय प्राङ्णमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व विद्यार्थी माधव खत्रीले सरकारी विद्यालयहरुको सरसफाई अभियानमा सहयात्री एवं सहयोगी हुन पाएको भन्दै आगामी दिनहरुमा अझ बढी सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाईन्।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व विद्यार्थी एवं नायिका करिष्मा मानन्धरले यूवा विद्यार्थीहरु चेतनाका सम्वाहक भएका कारण समाजका हरेक गतिविधीहरु प्रति सचेत रहँदै संबृद्ध समाज निर्माणमा हातेमालो गर्नुपर्नेमा जोड दिईन् ।

पूर्व विद्यार्थीहरुको हौसला र सहयोगले विद्यालय परिवार खुसी भएको भन्दै आगामी दिनहरुमा सरकारी विद्यालयहरुको स्तर बृद्धिकालागी यस्तै खालका सहकार्य हुन जरुरी रहेको भन्दै पूर्व विद्याथीहरुलाई प्राचार्य केसीले धन्यवाद दिए ।

nijgadh-supermart-adz1200-630