skip this

बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारबाही गर्न गृहमा पत्राचार

849 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरले गरेको प्रयासको विरोध गर्दै सामाजिक सञ्जालमा राखिएका भिडियोमा मधेसी समुदायमाथि धोती, मधेसी, भिखारी जस्ता अपमानजनक गालीगलौज गरिएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई सिफारिस गरेको उल्लेख छ ।

यस्ता कार्यले सामाजिक सदभावमा असर पुग्ने, राष्ट्रिय एकता खलल पर्ने भन्दै आयोगले पाँच पृष्ठको पत्र गृह मन्त्रालय र नेपाल प्रहरीलाई बुझाएको आयोगकी उपसचिव सविता डंगोलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630