माओवादी केन्द्रको स्थायी समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने
वि.सं.२०७९ माघ १३ शुक्रवार ०७:३९
1.04K
shares
????????????????????????????????????
काठमाडौँ-नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।
हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।
आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।
वि.सं.२०७९ माघ १३ शुक्रवार ०७:३९

















