skip this

सभापति देउवा र अध्यक्ष यादवबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

888 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो । हालको सत्ता गठबन्धनसँग आबद्ध यादवले देउवासँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरेको बताइएको छ ।

साथसाथै मधेस प्रदेशमा सरकार निर्माणका बारेमा पनि छलफल भएको बताइएको छ । उपेन्द्र यादवले केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् भने मधेसमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

nijgadh-supermart-adz1200-630