आज कांग्रेसका सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता
वि.सं.२०७९ माघ २७ शुक्रवार १४:२८
1.25K
shares

काठमाडौं। आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।धुम्बाराहीस्थित देउवा निवासमा सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो।
आज भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।सुदूरपश्चिम प्रदेशमा बिहीबार कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए। सुदूरपश्चिम सरकारमा नेकपा एकीकृत समाजवादीलाई पनि समेट्ने तयारीमा कांग्रेस छ। यो विषयमा पनि भेटवार्तामा कुराकानी भएको बताइएको छ।
वि.सं.२०७९ माघ २७ शुक्रवार १४:२८

















