skip this

आज प्रधानमन्त्री दाहाल र प्रदेश प्रमुखहरूबीच भेटवार्ता

678 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेट गरेका हुन् ।

भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोग लगायत विषयमा कुराकानी भएको बताइएको छ। उक्त भेटमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोग र प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

त्यस्तै प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका समाधान गर्न प्रयत्न गर्ने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएका छन्।नेपालको संविधानमा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ।

nijgadh-supermart-adz1200-630