skip this

पल शाह प्रकरणः प्रहरीले भेटायो गायिकाको कन्याजाली च्यात्तिएको प्रमाण

घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ।

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । एक किशोरीले करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका अभिनेता पल शाह विरुद्ध प्रहरीले प्रमाण जुटाउने काम थालेको छ ।

किशोरीले उजुरी दिएको ५ दिनपछि पक्राउ परेका पललाई हिरासतमा राखेर अनुसन्धान थाल्न अदालतले अनुमति दिएपछि पल अहिले ६ दिन देखि प्रहरी हिरासतमा छन् ।

याे पनि….

पल शाह प्रकरणमा बोल्यो मानवअधिकार आयोग

प्रहरीले अहिले सम्म पल बिरुद्ध २ वटा प्रमाण फेला पारेको छ । जुन प्रमाण पल विरुद्ध छन् । पललाई आरोप लागेको पीडित नाबालिग रहेको देखिएको छ । प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ।

सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो । जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।

प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ । स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आरोपी विरुद्ध दुवै प्रमाण बलियो रहेको एक प्रहरीले जानकारी दिए । किशोरीको मुद्दा हेरेकी अधिवक्ताले पनि पल विरुद्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् । उनले एक भिडियो अन्तरवार्ताका क्रममा किशोरीको कन्याजाली च्यातिएको प्रमाण चिकित्सकले दिएको बताएकी छन् ।

तनहुँ प्रहरीको हिरासतमा रहेका पलले प्रहरी बयानमा भने आरोप अस्वीकार गरेका छन्। उनले पीडित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि करणी भने नगरेको दाबी गरेका छन् ।

nijgadh-supermart-adz1200-630