skip this farak Kura Pravakar

वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय चुनावमा भोट हाल्न पाउने

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेकाले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाहरुले पनि भोट हाल्न पाउने बताए ।

आगामी वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई तोकिएको मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरिएको प्रवक्ता शर्माले बताए । यसअन्तर्गत करिब दुई लाख युवाले मताधिकार प्रयोग गर्न पाउने अनुमान छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ५ फागुनदेखि दल दर्ता सुरु गर्दै छ । यसअघि दर्ता भइसकेका दलहरुले पनि दर्ताका लागि निवेदन दिनुपर्ने आयोगले जनाएको छ । दल दर्ताको लागि १५ फागुनसम्मको समय दिने आयोगको तयारी छ ।

nijgadh-supermart-adz1200-630