skip this

कलंकीमा भेटियो २ वटा प्रेसर कुकर बम

840 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम भेटिएको छ । झोलामा राखेको अवस्थामा बम भेटिएको हो । अहिले उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर राखेको छ ।
उक्त बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गर्ने तयारी गरेको छ । बम कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला बम राखेरसमेत राजधानीमा आतंक फैलाउन थालिएको छ ।

nijgadh-supermart-adz1200-630