skip this farak Kura Pravakar

बाराकि पत्रकार चमिना भट्टराईलाई जनसेवाश्री पदक, यी हुन पदक पाउने पत्रकार

603 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराकी पत्रकार चमिना भट्टराईलाई सरकारले संविधान दिवसकाे अवसरमा जनसेवाश्री पदक प्रदान गरेकाे छ ।
    २०५८ देखि पत्रकारितामा सक्रिय भट्टराई हाल सौर्य दैनिक वरिष्ठ उपसम्पदक छिन् । उनले बाराकाे सिमराबाट प्रतीक दैनिकमार्फत पत्रकारिता सुरु गरेकी थिईन् ।
   विभिन्न पत्रीकामा लेख प्रकाशनमा सक्रिय रहेकी पत्रकार भट्टराई २०४५ देखि बामपंथी राजनीतीमा सामेल छिन् । बिद्यार्थी, युवासघको केन्द्रिय कमिटीमा लामो समय काम गरेकी उनी हाल अनेमसंघकी केन्द्रीय सदस्य हुन् । २०५४ देखि ०६३ सम्म एमाले बारा जिल्ला सदस्य रहेककि उनी नेपाल पत्रकार महासंघ बाराकि पुर्व सचिव हुन् ।
   त्यस्तै बाराकाे जीतपुरबाट पत्रकारिता सुरु गरेका  गिरिजा अधिकारीलाई सरकारले जनसेवाश्रीबाट विभूषित गरेकाे छ ।
रेडियाे,छापा हुँदै तु खबर डटकम सञ्चालन गर्दै आएका पत्रकार अधिकारी हेटाैंडामा छन् ।
    त्यस्तै हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ ।
    संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो । लामो समयदेखि निडर र निर्भिक भएर पत्रकारिता गरिरहेका शिवाकोटीलाई केही दिनअघिमात्र महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि सम्मान गरेको थियो । उनलाई विभिन्न संघसंस्थाले यसअघि नगदसहित सम्मान गरिसकेका छन् । शिवाकोटीसँगै अन्य पत्रकारहरुलाई पनि विभिन्न मानपदवीसहित सम्मान गर्ने घोषणा गरिएको छ ।
सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु :
तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा ।
कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरु :
ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहाल ।
प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु :
अजयबाबु शिवाकोटी, बद्री सिग्देल, ऋषि धमला, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दू, डा. बालकृष्ण चापागाई, माधव ढुङ्गाना, प्रकृति अधिकारी, गोविन्द धिताल, शालिक सुवेदी र भीष्मराज ओझा, डा. नवराज लम्साल, रीता सापकोटा  ।
जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरु :
भुवन शर्मा, दीपक खरेल, भरतवन्धु थापा, गिरिजाप्रसाद अधिकारी, किसन राई, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनील महर्जन, रोशन सापकोटा, रेखा भुषाल, विष्णु खड्का, आकांक्षा शाह, वृजकुमार यादव, नरेन्द्र साउद, लीला बराल, भवानी कार्की, राममाया भट्टराई, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ, डम्बरबहादुर अधिकारी ।

nijgadh-supermart-adz1200-630