skip this farak Kura Pravakar

महिला आवाज नेपालको आयोजनामा निजगढ वडा नं. ८ मा नेतृत्त्व विकास तालिम सुरु

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-महिला आवाज नेपाल संस्थाको आयोजनामा र निजगढ नगरपालिका कार्यपालिका लक्षित कोषको आर्थिक सहयोगमा विशेषगरी कार्यपालिका सदस्य मनमाया तामाङको पहलमा वडा नं. ८ स्थित कृष्ण प्रणामी मन्दिर सभा हलमा “नेतृत्व तथा क्षमता विकास सम्बन्धी पाँच दिने तालिम” सुरु भएको छ ।

तालिम उद्घाटन सत्रमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ प्रमुख अतिथि रहेकी थिइन् भने विशिष्ट अतिथिका रूपमा वडा अध्यक्ष स्वर्ण लामा, कार्यपालिका सदस्य मनमाया तामाङ र वडा नं. १२ की वडा सदस्य सुकुमाया मोक्तानको उपस्थिति थियो ।

तालिममा सहभागीहरूले नेतृत्व विकास, क्षमता अभिवृद्धि, सामाजिक परिचालनलगायतका विषयमा ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ।

यस तालिमले महिला सशक्तिकरण तथा समुदायस्तरमा सक्रिय सहभागिता बढाउन टेवा पुर्‍याउने आयोजकले विश्वास लिएको छ ।

संस्थाकी अध्यक्ष सावित्री बरालकाे अध्यक्षतामा भएकाे
कार्यक्रममा सञ्चालन पितामाया पराजुली र उर्मिला कुमारी ढुङ्गानाले स्वागत मन्तव्य राखेकी थिईन् ।

nijgadh-supermart-adz1200-630