skip this farak Kura Pravakar

कार्यपालिका लक्षित कोषमार्फत निजगढ वडा नं. ४ मा नेतृत्व विकास तालिम प्रारम्भ

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-एकता नेपालको आयोजना र निजगढ नगरपालिका कार्यपालिका कार्यालयकाे सहयाेगमा कार्यपालिका सदस्य पवित्रा सुनुवारको प्रस्तावमा महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ ।

निजगढ नगरपालिका–४ हिरालाल पार्कस्थित सभा हलमा कार्यपालिका लक्षित कोष अन्तर्गत नेतृत्व तथा क्षमता विकास सम्बन्धी ६ दिने तालिम आजदेखि सुरु भएको छ ।

तालिमकाे उद्घाटन प्रमुख अतिथि वडा नं. ४ वडा अध्यक्ष विसन सापकोटाले गरेका थिए ।

तालिममा प्रशिक्षक रेश्मी लामिछानेले नेतृत्व, क्षमता विकास र सामाजिक उत्तरदायित्वका विविध पक्षमा प्रशिक्षण दिईरहेकी छिन् ।

तालिममा एकता नेपाल कार्यसमितिका सदस्यहरू, सहभागी प्रशिक्षार्थीहरू र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष धनमाया लामाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन सचिव समिता चाैलागाईले गरेकी थिईन् ।

nijgadh-supermart-adz1200-630