जीतपुरसिमरा नगर प्रवक्ता तथा ४ नं. वडा अध्यक्ष खत्रीलाई पितृशाेक
वि.सं.२०८२ असार २ सोमवार २०:४०
828
shares

बारा-जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगरप्रवक्ता भोजबहादुर खत्री (ईश्वर) लाई पितृशाेक परेकाे छ ।
उनका बुवा मानबहादुर खत्रीको हिजो निधन भएपछि उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र शुभेच्छुकहरू स्तब्ध भएका छन् । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्व. खत्रीको निधनले नगर परिवारमा अपूरणीय क्षति भएको जनाउँदै नगर प्रमुख राजन पाैडेलले सामाजिक सञ्जालमार्फत शोक सन्देश सार्वजनिक गरेका छन् ।
सन्देशमा शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
वि.सं.२०८२ असार २ सोमवार २०:४०

















